सोमबार, कार्तिक १७ गते २०८३
images
images

बढ्यो सुनको मूल्य, तोलाको १ लाख १२ हजार

एक्सप्रेस पाना
भाद्र २५, २०८० सोमबार
  • 361
    SHARES
  • बढ्यो सुनको मूल्य, तोलाको १ लाख १२ हजार

    काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार रुपैयाँ कायम भएको छ।

    images

    अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले बढेको हो। 

    यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    images

    यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले बढेर एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।