सोमबार, कार्तिक १७ गते २०८३
images
images

बढ्यो शेयर बजार, डेढ करोडको कारोबार

एक्सप्रेस पाना
भाद्र २५, २०८० सोमबार
  • 354
    SHARES
  • बढ्यो शेयर बजार, डेढ करोडको कारोबार

    काठमाडौं । साताको दोस्रो दिन शेयर बजार उच्च अंकले बढेको छ ।

    images

    सोमबार शेयर बजार ४४.३० अंकले बढेर १९८६.९९ बिन्दुमा कायम भएको छ। यस दिन बजारमा ४७ लाख ४२ हजार ५११ कित्ता शेयरको खरिदबिक्री हुँदा १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७ रुपैयाँको कारोबार भएको छ।

    आज थ्रीस्टार हाइड्रोपावर कम्पनी, मेन्छियम हाइड्रोपावर लिमिटेड, मेलुङ खोला हाइड्रोपावर कम्पनी र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले सर्वाधिक नाफा कमाएका छन। भने, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले सर्वाधिक गुमाएके छ।

    images

    कारोबारका आधारमा साल्ट ट्रेडिङ कर्पोरेशन ६ करोड २५ लाख रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ।