बुधबार, भाद्र २४ गते २०८३
images

नेम्वाङलाई सम्झिदै ओलीले भने- हितैषी मित्र गुमाए

एक्सप्रेस पाना
भाद्र २६, २०८० मंगलबार
  • 238
    SHARES
  • नेम्वाङलाई सम्झिदै ओलीले भने- हितैषी मित्र गुमाए

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन प्रति गहिरो समवेदना प्रकट गरेका छन ।

    images

    हृदयघातका कारण गए राती निधन भएका नेम्वाङलाई ‘हितैषी मित्र’को रुपमा स्मरण गर्दै भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गरेका छन् । 

    ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो,’ ओलीले स्मरण गरेका छन, ‘लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनु भएको योगदान सधैं सम्झिरहने छौ।’ 

    images

    नेम्वाङको अप्रत्याशित निधनले स्तब्ध भएको जनाउँदै उनले भनेका छन, ‘मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली, उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। श्रद्धाञ्जली सुवासजी ।’

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली