सोमबार, कार्तिक १७ गते २०८३
images
images

घट्यो सुन-चाँदीको मुल्य, आज कतिमा हुँदैछ किनबेच?

एक्सप्रेस पाना
भाद्र २७, २०८० बुधबार
  • 265
    SHARES
  • घट्यो सुन-चाँदीको मुल्य, आज कतिमा हुँदैछ किनबेच?

    नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ घटेको छ।

    images

    अघिल्लो दिन अर्थात् मंगलबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला आठ सय रुपैयाँ घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

    images

    मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो।  

    त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ।

    आज चाँदी प्रतितोला एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

    मंगलबार चाँदी प्रतितोला एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भएको थियो।

    मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो।