सोमबार, कार्तिक १७ गते २०८३
images
images

बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार?

एक्सप्रेस पाना
भाद्र २९, २०८० शुक्रबार
  • 307
    SHARES
  • बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार?

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ६ सय रुपैयाँले बढ्दै १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको हो।

    यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा ६ सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

    images

    यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा १० रुपैयाँले बढ्दै आज प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।