आइतबार, कार्तिक १६ गते २०८३
images
images

एनआइसी एशिया बैंकले ३०.५२ प्रतिशत लाभांश दिने

एक्सप्रेस पाना
भाद्र २९, २०८० शुक्रबार
  • 516
    SHARES
  • एनआइसी एशिया बैंकले ३०.५२ प्रतिशत लाभांश दिने

    एनआइसी एशिया बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरूलाई ३०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    images

    बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद लाभांश गरी कुल ३०.५२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

    उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

    images

    हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।

    गत दुई आर्थिक वर्ष बैंकले सेयरधनीहरूलाई कुनै लाभांश वितरण गरेको थिएन।

  • सम्बन्धित विषय:

  • # बैंक
  • # NIC ASIA
  • # एनआईसी एशिया बैंक