सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

एक्सप्रेस पाना
भाद्र ३१, २०८० आइतबार
  • 410
    SHARES
  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको जनाएको छ।

    images

    महासंघले आइतबारको मूल्यसूची तय गर्दै सुन तोलामा ५०० र चाँदी तोलामा ५ रुपैयाँले बढेको जनाएको छ। 

    महासंघकाअनुसार सुन तोलामा ५०० रुपैयाँले बढेसँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० रुपैयाँ कायम छ। यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ तोकिएको छ।

    images

    गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ कायम थियो। यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ। 

    सुनको मूल्य बढेको दिन आइतबार चाँदीको मूल्य समेत प्रतितोला ५ रुपैयाँले बढेको छ। यससँगै आज चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ कायम छ। जुन, गत साताको शुक्रवार तोलामा १३ सय ९५ रुपैयाँ कायम थियो।