सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनकाे भाउ २०० रुपैयाँले बढ्याे

एक्सप्रेस पाना
आश्विन १, २०८० सोमबार
  • 371
    SHARES
  • सुनकाे भाउ २०० रुपैयाँले बढ्याे

    काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा साेमबार पनि सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ। महासंघले साेमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको हो।

    images

    सुनको मूल्य आइतबार तोलामा ५०० रुपैयाँले बढेको थियो। आज २०० रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ छ। 

    आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ थियो। 

    images

    यस्तै, साेमबार चाँदीको मूल्य समेत तोलामा ५ रुपैयाँले बढेको छ। साेमबार चाँदीको कारोबार प्रतितोला १४ सय ५ रुपैयाँमा भइरहेको छ। ५ रुपैयाँले बढेपछि आइतबार चाँदीको कारोबार मूल्य तोलामा १४ सय रुपैयाँ कायम थियो।