मंगलबार, कार्तिक १८ गते २०८३
images
images

६७० जना कैदको राष्ट्रपतिबाट पौडेलबाट माफी मिनाहा

एक्सप्रेस पाना
आश्विन २, २०८० मंगलबार
  • 313
    SHARES
  • ६७० जना कैदको राष्ट्रपतिबाट पौडेलबाट माफी मिनाहा

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल ६७० जना कैदीको भुक्तान हुन् बाँकी कैद माफी मिनाहा भएको छ।

    images

    उनले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वाेच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

    राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार यही असोज ३ गतेदेखि लागू हुनेगरी माफी मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा जनाइएको छ।

    images