काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको दोस्रो दिनको बैठक पार्टी मुख्यालय सानेपामा शुरु भएको छ।
बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचना लगायत विषयमा छलफल भइरहेको छ।
बैठकमा नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले चालु संसद्मा भएका गतिविधि र पार्टीले खेलेको भूमिकाबारे जानकारी गराउनुभयो।
प्रमुख सचेतक लेखकले संसदमा महत्वपूर्ण विधेयकहरूको निमार्णका क्रममा सांसद्हरुको सक्रिय सहभागिता हुनुपर्नेमा जोड्दिनुभयो।
बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम जारी छ।
.jpg)


