सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ आजको कारोबार?

एक्सप्रेस पाना
आश्विन ७, २०८० आइतबार
  • 501
    SHARES
  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ आजको कारोबार?

    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको जानकारी दिएको छ।

    images

    महासंघले आजको बजार भाउ तय गर्दै शुक्रबारको तुलनामा सुन र चाँदीकै कारोबार मूल्य बढेको जानकारी दिएको हो।
     
    महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर कारोबारमा आएको छ। यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ।

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५५० रुपैयाँ थियो। यस्तै, आज ५ रुपैयाँ बढेसँगै चाँदीको मूल्य प्रतितोला १४ सय ३० रुपैयाँ कायम छ। शुक्रबार यसको कारोबार मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ कायम थियो।

    images