मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रको कार्यभार पूरा गर्न आपसी सद्भाव र एकता आवश्यक छः उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

एक्सप्रेस पाना
आश्विन ८, २०८० सोमबार
  • 353
    SHARES
  • राष्ट्रको कार्यभार पूरा गर्न आपसी सद्भाव र एकता आवश्यक छः उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ
    विराटनगर, ८ असोज: उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रको कार्यभार पूरा गर्न आपसी सद्भाव र एकता हुनु आवश्यक रहेको बताउनुभएको छ।
     
    गृह मन्त्रालयद्वारा आज यहाँ आयोजित सुरक्षासम्बन्धी समसामयिक छलफल तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले सार्वभौमसत्ता, अखण्डता, सामाजिक तथा आर्थिक रुपान्तरणका लागि सद्भाव र सहिष्णुता र विकासका यात्रालाई पूरा गर्न आपसी एकता आवश्यकता हुनुपर्नेमा जोड दिनुभयो।
     
    गृहमन्त्री श्रेष्ठले समाजमा एकता र शान्तिसुरक्षा कायम राख्नुपर्ने बताउँदै देशमा देखिएका चुनौतिलाई समाधान गर्न राजनीतिक तहबाट असल वातावरण सिर्जना हुनुपर्ने र राष्ट्रिय सहमतिका लागि नयाँ वातावरण सिर्जना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
     
    उहाँले जातीय, भाषिक र सांस्कृतिक पक्षमा एकता कायम गराउन सबैसँग छलफल गरेर सहिष्णु बनाउनुपर्ने धारणा व्यक्त गर्दै लामो बलिदानी र सङ्घर्षबाट प्राप्त उलब्धिलाई रक्षा गर्न सबै राजनीतिक दलबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिनुभयो। 
     
    कार्यक्रममा कोशी प्रदेशका छ जिल्लाका सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रदेश सशस्त्र प्रहरी कार्यालयका प्रमुख, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख, प्रदेशस्तरीय राजनीतिक दलका प्रमुख, नागरिक समाज, उद्योगी एवं व्यापारिक प्रतिष्ठानका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो।