काठमाडौँ । नेपाल आयल निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ।
निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा रहेको जानकारी दिएका छन्।
मंगलबार नेपाल एलपी ग्याँस उद्योग संघको २८औँ वार्षिक साधारण सभामा बोल्दै कार्यकारी निर्देशक थानीले धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७औँ पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको बताएका हुन्।
उनले कम्तीमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधारणको लागि आईपीओ जारी गर्न प्रतिबद्ध रहेको बताए। उनले सर्वसाधरण जनतालाई समेतलाई निगममा ओनरसिप बनाउन आईपीओ जारी गर्ने बताए। उनले व्यवसायीहरूलाई स्टेकहोल्डर बनाउने र सर्वसाधरणलाई आईपीओ दिने तयारी रहेको बताए।


