काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले " राष्ट्रिय श्रम अभियान " को सुरु गरेकोछ।
बुधबार काठमाडौंको लैनचौरस्थित अमृत साइन्स क्याम्पस परिसरको सरसफाइ गरेर सुरुवात गरेको हो।

उक्त पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आथित्यतामा अभियानको शुभाराम्भ भएको हो। नेता खनालले कार्यक्रमलाई सम्बोधन गर्दै समाजमा भौतिक र राजनीतिक दुई प्रकारका फोहोर रहेको र दुबै खाले फोहोर युवाहरूले मात्र सफाइ गर्ने बताएका थिए।

युवा संघको अध्यक्ष कृष्ण विकसहित संघका नेता कार्यकर्ताको बाक्लो उपस्थिति सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। "महिनाको दुई दिन, दुई घन्टा, मेरो राष्ट्रका लागि...!" भन्ने नाराका साथ अभियानलाई राष्ट्र व्यापि बनाउने अभियानका संयोजक मनोज खत्रीले जानकारी दिए ।

नेकपा एमालेबाट बिभाजन भइ बनेको एकीकृत समाजवादीका युवाहरुले विगत दुई बर्ष देखि यो अभियान सन्चालन गर्दै आइ रहेको थियो तर युवा संघको आन्तरिक विबादले एक बर्ष देखि स्थगित रहेको थियो।

.jpg)


