मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड आज मानसरोवर जाँदै

एक्सप्रेस पाना
आश्विन ११, २०८० बिहीबार
  • 271
    SHARES
  • प्रधानमन्त्री प्रचण्ड आज मानसरोवर जाँदै

    काठमाडौँ । चीनको लामो भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ घुमघाममा व्यस्त देखिएका छन्। 

    images

    चीनको औपचारिक भ्रमणका क्रममा बुधबार तिब्बतको ल्हासा पुगेका प्रधानमन्त्री प्रचण्ड कैलाश पर्वत र मानसरोवर जाँदै गरेको उनको सचिवालयले जानकारी दिएको छ। 

    प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन् र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्ने छन्। कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उनका साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि छन्। 

    images

    बुधबार ल्हासा पुगेका प्रधानमन्त्री दाहाल यहाँ विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहेका थिए। प्रधानमन्त्री दाहाल गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन्।