मंगलबार, कार्तिक १८ गते २०८३
images
images

माओवादीको निष्कर्ष-देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लाग्यो

एक्सप्रेस पाना
आश्विन ११, २०८० बिहीबार
  • 303
    SHARES
  • माओवादीको निष्कर्ष-देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लाग्यो

    काठमाडौं । सरकार नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लागेको निष्कर्ष निकालेको छ।

    images

    बिहीबार कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बसेको पदाधिकारी बैठकले देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन थालेको निष्कर्ष निकालेको पूर्व सभामुख तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

    उनका अनुसार बैठकले देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन थालेकाले सबै सचेत हुनुपर्ने पनि निष्कर्ष निकालेको छ।

    images

    देशमा धार्मिक र र साम्प्रदायिक सद्भाव खल्बल्याउने गरी अराजकता फैलिन लागेकाले बेलैमा गम्भीर भएर समाधान गर्नुपर्नेमा बैडकले जोड दिएको उनको भनाइ छ।