मंगलबार, कार्तिक १८ गते २०८३
images
images

एमाले बागमती प्रदेश कमिटीको नेतृत्वका लागि आज मतदान हुँदै

एक्सप्रेस पाना
आश्विन १२, २०८० शुक्रबार
  • 198
    SHARES
  • एमाले बागमती प्रदेश कमिटीको नेतृत्वका लागि आज मतदान हुँदै

    काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको भावी नेतृत्वका लागि आज मतदान हुँदैछ। 

    images

    अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराए पनि तीनजनाले उम्मेदवारी फिर्ता लिए पछि आज निर्वाचन हुन लागेको हो। निर्वाचन च्यासल, ललितपुरस्थित पार्टी केन्द्रिय कार्यालयमा हुनेछ। 

    अध्यक्षका लागि रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, सानुकुमार श्रेष्ठ र केशव पाण्डेले उम्मेदवारी दर्ता गराएको थिए। तर, अब ढुंगेल र दाहालबीच मात्रै प्रतिस्पर्धा हुने निर्वाचन समितिले जनाएको छ।

    images

    निर्वाचन समितिका अनुसार ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा बचन देउजा छन् भने मकवानपुरका दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन।

    बिद्युतीय मतदानवाट नेतृत्व चयन गर्न लागेको बागमती एमालेले असोज ११ गते बिहीबार बिहान ११ बजेबाट मात्रै मतदान सुरु गराउने भनिएको थियो। तर, सहमतिको प्रयासका लागि हिजो मतदान गराएको थिएन। जारी अधिवेशनमा ११७४ जना मतदाता रहेका छन्।