मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बागमती अध्यक्षमा कैलाश ढुंगेल विजयी

एक्सप्रेस पाना
आश्विन १३, २०८० शनिबार
  • 210
    SHARES
  • बागमती अध्यक्षमा कैलाश ढुंगेल विजयी

    काठमाडौं । नेकपा एमाले वागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन्।

    images

    शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ढुंगेलले  ६९६ मत प्राप्त गरी विजयी भएका हुन्। त्यस्तै उनका निकटम प्रतिस्पर्धी कृष्णप्रसाद दाहालले ४३९ मत प्राप्त गरेका छन्।

    त्यसैगरी उपाध्यक्षमा दावादोर्जे लामाले ६१५ मत प्राप्त गरेर विजयी भए भने सचिवमा नवराज सिलवाल विजयी भएका छन्।

    images

    सचिवमा नवराज सिलवाल एक मतले विजयी भए। सिलवालले ५६८ मत प्राप्त गर्दा हस्त पण्डितले ५६७ मत प्राप्त गरेका थिए।

    यस्तै उपसचिवमा प्रेम कुमार महर्जन ५९९ र भक्त कुमारी लामा ५३६ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ।