काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली सुन तस्करी जाँचबुझका लागि उच्चस्तरीय समिति बनाउने विषयमा छलफल भएको छ।
आइतबार बिहान बालुवाटारमा भएको प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको छलफलमा आजै आयोग बनाउने सहमति जुटेको बताइएको छ।
छलफलमा एमाले उपाध्यक्ष विष्णु पौडेल र प्रमुक सचेतक महेश बर्तौला पनि सहभागी छन्। त्यस्तै कांग्रेसका तर्फबाट उपसभापति तथा रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए।
संसदमा प्रतिनिधित्व गर्ने सात राजनीतिक दल र सरकारबीच गत भदौ ६ गते आयोग बनाउने सहमति भएपनि अहिलेसम्म सो आयोग बन्न सकेको छैन। सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान टुंग्याएपछि आयोगले असोज ५ गतेदेखि काम थाल्ने बताइएको थियो।
.jpg)


