काठमाडौं । नेपाल आयल निगमले गए राति १२ बजेबाट लागू हुनेगरी वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि मन्त्रिपरिषद् बैठकले फिर्ता लिन निर्देशन दिएपछि निगमले पुराना मूल्य आज राति १२ बजेबाट लागू गर्ने भएको छ।
गए राति १२ बजेदेखि आज राति १२ बजेसम्म भने बढेको मूल्य लागू हुने भएको हो।
आयल निगमले अहिले सूचना जारी गर्दै मूल्यवृद्धि फिर्ताको निर्णय आज राति १२ बजेबाट लागू हुने जनाएको छ।
दसैँलगायत ठूला चाडवर्प नजिकिएका बेला निगमले उपभोक्ताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएपछि चौतर्फी विरोध भएको थियो।
सबैभन्दा धेरै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ मूल्य बढाइएको थियो। जबकी १५ दिनअघि पनि मूल्य बढाइएको थियो।

.jpg)


