सोमबार, कार्तिक १७ गते २०८३
images
images

कति छ त आजको विदेशी मुद्राको विनिमय दर ?

एक्सप्रेस पाना
आश्विन १५, २०८० सोमबार
  • 187
    SHARES
  • कति छ त आजको विदेशी मुद्राको विनिमय दर ?

    काठमाडौ, १५ असोज । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। 

    images

    जस अनुसार आज भारतीय एक सय रुपैयाँको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.५७ रुपैयाँ र बिक्री दर १३३.१७ रुपैयाँ कायम हुदाँ युरोपियन युरो एकको खरिद दर १४०.१५ रुपैयाँमा र बिक्री दर १४०.७९ रुपैयाँमा कारोबार गर्न सकिने छ।

    images

    बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१.७३ रुपैयाँ रहेको छ भने बिक्री दर १६२.४६ रुपैयाँ कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.३१ रुपैयाँ र बिक्री दर ८५.६९ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८ पैसा कायम भएको छ।

    जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८ रुपैयाँ ९२ पैसाले भाउ पाउँदा दक्षिण कोरीया वन १०० को खरिदमा ९ रुपैयाँ ८० पैसा र बिक्री दर ९ रुपैयाँ ८५ पैसामा कारोबार गर्न सकिनेछ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ र बिक्री दर ३५.५१ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२३ रुपैयाँ र बिक्री दर २८.३६ रुपैयाँमा कारोबार हुनेछ।

    साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.३ पैसा विक्रीदर ४३०.९७ पैसा कायम भएको छ।