काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईको अध्यक्षतामा केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको छ।
पार्टी एकताको विषयमा अन्तर्विरोध चर्किएकै बेला भट्टराईले बैठक बोलाएका हुन्। भट्टराईको अध्यक्षमा सोमबार दिउँसो १ बजेदेखि पार्टी कार्यालय तीनकुनेमा बैठक जारी रहेको सचिवालयका एक सदस्यले जानकारी दिए ।
मंगलबारसम्म चल्ने बैठकमा पार्टी एकता, महाधिवेशनको तयारी, पार्टी निर्माण, जबस र विभाग गठनलगायतबारे छलफलको एजेण्डा रहेको ती सदस्यले जानकारी दिए।
.jpg)


