सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेप्सेमा सामान्य बृद्धि

एक्सप्रेस पाना
आश्विन १५, २०८० सोमबार
  • 288
    SHARES
  • नेप्सेमा सामान्य बृद्धि

    काठमाडौँ । आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य सुधार आएको छ। घटेर कारोबार सुरु भएपनि अन्तिममा वृद्धिसहित ५.१९ अंकले बढेर बन्द भएको हो। यसबचीमा आज नेप्सेमा उच्च घटबढ भएको छ।

    images

    परिसूचक ०.२६ प्रतिशतले घट्दा १ अर्ब ७३ करोड ७३ लाख रुपैयाँ बराबरको ५७ लाख ७६ हजार कित्ता सेयर किनबेच भएको छ। परिसूचकमा सामान्य सुधार आएपनि १६३ कम्पनीको सेयर मूल्य भने बढेको छ। यस्तै, ६४ कम्पनीको सेयर मूल्य बढ्दा ६ कम्पनीको सेयर मूल्य स्थिर छ।

    आज सीवाईसीएल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने सयपत्रि हाइड्रोपावर कम्पनीको सेयर मूल्य समेत १० प्रतिशतले नै बढेको छ। 

    images

    यस्तै, अन्य दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको छ। ४ कम्पनीको सेयर मूल्य उच्च अंकले बढ्दा पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य ५.२९ प्रतिशतले खुम्चिएको छ।