सोमबार, कार्तिक १७ गते २०८३
images
images

एकैदिन १३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

एक्सप्रेस पाना
आश्विन १६, २०८० मंगलबार
  • 348
    SHARES
  • एकैदिन १३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं । साताको तेस्रो दिन आज नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको जानकारी दिएको छ। 

    images

    महासंघले आजको बजारभाउ तय गर्दै सुनको मूल्य एकै दिन तोलामा १३ सय रुपैयाँले घटेको जानकारी दिएको हो।

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ। हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ४०० रुपैयाँ कायम थियो।

    images

    यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। तोलामा ३० रुपैयाँले घटेसँगै चाँदीको कारोबार मूल्य १३ सय १० रुपैयाँ तोकिएको छ। हिजो सोमबार चाँदीको कारोबार मूल्य तोलामा १३ सय ४० रुपैयाँ थियो।

    यससँगै, पछिल्लो ९ दिनमा सुनको मूल्य प्रतितोला ५ हजार ६०० ले घटिसकेको छ। गत साताको आइताबर छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ थियो।