मंगलबार, कार्तिक १८ गते २०८३
images
images

लुम्बिनीका एमाले नेता माओवादी केन्द्रमा प्रवेश

एक्सप्रेस पाना
आश्विन १८, २०८० बिहीबार
  • 161
    SHARES
  • लुम्बिनीका एमाले नेता माओवादी केन्द्रमा प्रवेश

    काठमाडौँ । नेकपा (एमाले)का लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता कार्यकर्ता पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्।

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (माओवादी केन्द्र) पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी उनीहरु एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन्। 

    माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले एमाले लुम्बिनी सचिवालय सदस्य हरिजन, लुम्बिनी प्रदेश सदस्य रामविलास यादव, कपिलवस्तु जिल्ला सदस्य सन्दिप मौरिया, अधिकारकर्मी एवं प्राध्यापक सञ्जयकुमार पासीलगायत नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरे। 

    images

    हरिजन २०७० सालको संविधासभा सदस्य, यादव एमाले निकट किसान महासङ्घका केन्द्रीय सदस्य हुन्। उनीहरुलाई पार्टीमा स्वागत गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकमा अस्थिरता निम्त्याउने शक्ति सल्बलाइरहेकाले उत्पीडित समुदाय एक हुनुपर्ने बताए।

    पिछडिएका तथा उत्पीडित वर्गको उत्थान, उचित सम्मान र राज्यका निकायमा सम्मानजकन प्रतिनिधित्व हुनुपर्छ भन्ने चाहेको बताए। पार्टीमा प्रवेश गर्नेलाई उचित जिम्मेवारी र भूमिका दिइने प्रधानमन्त्री प्रचण्डको भनाइ छ।