काठमाडौ । साताको पाँचौं दिन आज सुनको भाउ बढेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ७ हजार ३०० रुपैयाँ कायम भएको छ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ८०० रुपैयाँ निर्धारण भएको छ। यसअघि बुधबार पनि सुनको ३०० रुपैयाँले बढेको थियो।
बुधबार भने छापावाल सुन १ लाख ६ हजार ९०० रुपैयाँ कायम भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ६ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो।
यता, चाँदीको भाउ भने लगातार दोस्रोदिन स्थिर रहेको छ। आज चाँदीको भाउ तोलाको १३ सय १० रुपैयाँ कायम रहेको छ।
.jpg)


