सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज पनि घट्यो सेयर बजार

एक्सप्रेस पाना
आश्विन १८, २०८० बिहीबार
  • 284
    SHARES
  • आज पनि घट्यो सेयर बजार

    काठमाडौ । सेयर बजारमा निराशाको तस्विर देखिएको छ। बजार सुधारका लागि नियामकले कुनै पनि कदम नचालेपछि लगानीकर्ता निराश भएका छन्।

    images

    बिहीबार नेप्से सूचक ११.०४ विन्दुले घटेर १९५६.९२ अंकमा आएको छ। १ अर्ब १० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। म्युचुअल फन्डबाहेक बाँकी सबै समूह घटेका छन्। 

    क्रेताहरु निष्कृय बस्दा बजारको ओरालो यात्रा जारी रहेको हो। सेयर बजार सुधारका लागि तत्काल नीतिगत सुधार आवश्यक रहेको जानकारहरुले बताएका छन्। 

    images

    लगानीकर्ताले १२ करोडको क्याप हटाउन, १५० प्रतिशतको जोखिम भार १०० प्रतिशतमा झार्न अनि ब्याजदर घटाउने टुल्स प्रयोग गर्न माग गर्दै आएका छन्। तर यी ३ मध्ये अहिलेसम्म एउटा पनि समस्या समाधान गरिएको छैन। 

    सरकार र नियामक निकायका पदाधिकारी चुपचाप बस्दा बजार दबाबमा परेको हो। लगानीकर्ताले भने बजार पुँजीकरणका आधारमा हर्दा करिब १४ खर्ब रुपैयाँ गुमाइ सकेका छन्। यसअघि ४४ खर्ब हाराहारीमा पुगेको बजार पुँजीकरण अहिले ३० खर्ब नजिक झरिसकेको छ। 

    यस दिन २८० कम्पनीको ३५ लाख ६२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। ४ करोड ४३ लाख रुपैयाँसहित कारोबार रकममा सिटिजन लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र सोल्टी होटेल परेका छन्।