सोमबार, कार्तिक १७ गते २०८३
images
images

२५ लाखमाथिको व्यक्तिगत हायर पर्चेज र सवारीसाधन कर्जामा जोखिम भार घट्यो

एक्सप्रेस पाना
आश्विन १९, २०८० शुक्रबार
  • 202
    SHARES
  • २५ लाखमाथिको व्यक्तिगत हायर पर्चेज र सवारीसाधन कर्जामा जोखिम भार घट्यो

    काठमाडौ । नेपाल राष्ट्र बैंकले २५ लाख रुपैयाँ माथिको व्यक्तिगत हायर पर्चेज र सवारी साधन कर्जामा पनि जोखिम भार घटाएको छ।

    images

    केन्द्रीय बैंकले एकीकृत निर्देशन संशोधन गर्दै अब २५ लाख माथिको व्यक्तिगत हायर पर्चेज र सवारी साधन कर्जामा १२५ प्रतिशत जोखिम भार कायम गर्दा हुने व्यवस्था गरको हो।

    राष्ट्र बैंकले यसअघिको २५ लाख रुपैयाँ माथिको व्यक्तिगत हायर पर्चेज र सवारी साधन कर्जामा १५० प्रतिशत जोखिम भार कायम गर्नुपर्ने व्यवस्था हटाएर नयाँ व्यवस्था ल्याएको हो। यता, चालु आर्थिक वर्षमो मौद्रिक नीतिमार्फत २५ लाख रुपैयाँसम्मको व्यक्तिगत हायर पर्चेज र सवारी साधन कर्जामा भने शतप्रतिशत जोखिम भार कायम गर्नुपर्ने व्यवस्था गरिएको थियो।

    images