मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रधानमन्त्रीद्वारा राष्ट्रपति पौडेललाई अमेरिका र चीन भ्रमणबारे ‘ब्रिफिङ’

एक्सप्रेस पाना
आश्विन २०, २०८० शनिबार
  • 199
    SHARES
  • प्रधानमन्त्रीद्वारा राष्ट्रपति पौडेललाई अमेरिका र चीन भ्रमणबारे ‘ब्रिफिङ’

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न शिष्टाचार भेट गरेका छन्। 

    images

    राष्ट्रपति आवास शीतल निवासमा भएको उक्त भेटमा संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाका क्रममा हालै भएको आफ्नो अमेरिका र छिमेकी राष्ट्र चीनको भ्रमणबारे प्रधानमन्त्री दाहालले जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

    राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले मुलुकको समसामयिक अवस्थाबारे पनि जानकारी गराएका थिए। 

    images

    त्यसअघि राष्ट्रपति पौडेललाई उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बेग्ला–बेग्लै भेटेर समसामयिक विषयमा छलफल गर्नुभएको सल्लाहकार पोखरेलले जानकारी दिए।