मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आज प्रतिनिधिसभा बैठक बस्दै, शिक्षा बिधेयकमाथि छलफल हुने

एक्सप्रेस पाना
आश्विन २१, २०८० आइतबार
  • 266
    SHARES
  • आज प्रतिनिधिसभा बैठक बस्दै, शिक्षा बिधेयकमाथि छलफल हुने

    काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ ।

    images

    संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ। 

    संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री अशोककुमार राइले बिधालय शिक्षा बिधेयक २०८० माथी बिचार गरियोस भन्ने प्रस्ताव माथी उठेका प्रश्नहरूको जवाफ दिनेछन्। 

    images

    साथै, सभामुख देवराज घिमिरेले बिधालय शिक्षा बिधेयक २०८० माथि बिचार गरियोस भन्ने प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्नेछन्। 

    सोही बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बिधुत बिधेयक २०८० माथी बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ।