सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो प्रतितोला?

एक्सप्रेस पाना
आश्विन २१, २०८० आइतबार
  • 214
    SHARES
  • सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो प्रतितोला?

    काठमाडौ । साताको पहिलो दिन आज सुन-चाँदीको भाउ बढेको छ।

    images

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ७ हजार ६०० रुपैयाँ कायम भएको छ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार १०० रुपैयाँ निर्धारण भएको छ। यसअघि शुक्रबार सुनको भाउ तोलाको १ लाख ७ हजार ३०० रुपैयाँ रहेको थियो।

    images

    यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ६ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो। यता, चाँदीको भाउ पनि आज प्रतितोला २० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको भाउ तोलाको १३ सय १० रुपैयाँ कायम रहेको थियो।