सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्य एकैदिन तोलामा एक हजार रुपैयाँले बढ्यो

एक्सप्रेस पाना
आश्विन २२, २०८० सोमबार
  • 318
    SHARES
  • सुनको मूल्य एकैदिन तोलामा एक हजार रुपैयाँले बढ्यो

    काठमाडौँ । साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदी मूल्य वृद्धि भएको छ। 

    images

    अघिल्लो दिन प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन एक हजार रुपैयाँले बढ्दै १ लाख ८ हजार ६ सय रुपैयाँ पुगेको हो। 

    यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख ८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    images

    यता चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले बढ्दै १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।