सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

एक्सप्रेस पाना
आश्विन २२, २०८० सोमबार
  • 247
    SHARES
  • नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

    काठमाडौँ, २२ असोज : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज परिसूचक १२ दशमलव ५८ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव ६६ को बिन्दुमा कायम भएको हो।

    images

    आज दुई सय ८७ कम्पनीको ४३ लाख २७ हजार एक सय ७९ कित्ता शेयर ४८ हजार चार सय ४४ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १७ करोड एक लाख ७२ हजार सात सय २२ बराबरको कारोबार भएको छ। आजको कारोबारपछि कुल बजार पुँजीकरण रू २९ खर्ब ११ अर्ब २५ करोड १५ लाख ३० हजार पाँच सय एक कायम भएको छ।
         
    उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ९६ प्रतिशत र व्यापार समूह शून्य दशमलव ४९ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक प्रतिशतले घटेको छ।

    आजको कारोबारमा सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सबैभन्दा धेरै छ दशमलव ८८ प्रतिशतको वृद्धि देखिएको छ। सबैभन्दा धेरै घट्नेमा भने बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। त्यस्तै, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ।

    images

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नविल बैंक लिमिटेडको रू तीन करोड ५१ लाख ४५ हजार तीन सय ६९ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सानिमा इक्विटी फन्डको एक लाख ६९ हजार एक सय ९१ कित्ता शेयर किनबेच भएको छ।