काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन्।
काठमाडौँको एक होटलमा प्रसाईंले आयोजना गरेको पत्रकार सम्मेलनबाट बाहिरिएलगत्तै उनलाई उपस्थित युवाहरुले कालोमोसो दलेका हुन्।
प्रसाईं अहिले राजालाई फिर्ता ल्याउने अभियानमा लागिरहेका छन् भने राजनीतिक दलका नेताहरु तथा व्यवसायीहरुप्रति आक्रामक र विवादस्पद अभिव्यक्ति दिदै आएका छन्। अहिले प्रसाई होटलमै रहेको बताइएको छ।
.jpg)


