काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का नेता तथा कार्यकर्ताहरुले सोमबार पनि काठमाडौंको त्रिपुरेश्वरमा रहेको भन्सार विभागमा धर्ना एंव घेराउ गरेका छन्।
देशमा सरकारी वेतनभोगी कर्मचारीहरुमार्फत राजश्वमा हुने ४५ प्रतिशतको लुटकारी व्यवस्था खारेजीको माग गर्दै आजपाले पछिल्लो समय धर्ना तथा विरोध प्रदर्शन जारी राखेको छ। त्यसकै निरन्तरतास्वरुप आजपाका नेता तथा कार्यकर्ताहरुले आज भन्सार विभाग घेराउ गरेका हुन्।
यसअघि आजपाले गत भदौ ३१ गते ललितपुरको कुपण्डोलबाट विरोध र्याली निकालेर भन्सार विभागमा पुगी ज्ञापनपत्रसमेत बुझाएको आजपा प्रवक्ता चन्द्रभुषण साहले बताए। आफुहरुको माग पूरा नभए सम्म आन्दोलन जारी रहने उनले बताए।
आज विरोध प्रदर्शनमा उत्रिएका नेता तथा कार्यकर्ताहरुमाथि भने प्रहरीले बल प्रयोग गरेको छ।





.jpg)


