सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्य बढ्यो, आज कति ?

एक्सप्रेस पाना
आश्विन २३, २०८० मंगलबार
  • 195
    SHARES
  • सुनको मूल्य बढ्यो, आज कति ?

    काठमाडौ । साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ।

    images

    यो सँग पछिल्लो ३ दिनमा सुनको भाउ १६ सय रुपैयाँले बढ्न पुगेको छ। जसमा, आइतबार र सोमबार सुनको भाउ क्रमशः ३०० र १ हजार रुपैयाँले बढेको थियो।

    त्यसैगरी, सुनको भाउ आज पनि ३०० रुपैयाँले बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ८ हजार ९०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ४०० रुपैयाँ निर्धारण भएको छ।

    images

    यसअघि, सोमबार छापावाल सुन १ लाख ८ हजार ६०० रुपैयाँ कायम रहेको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ८ हजार १०० रुपैयाँ निर्धारण भएको थियो।

    यता, आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर १४ सय ४० रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ४५ रुपैयाँ कायम रहेको थियो।