बुधबार, भाद्र २४ गते २०८३
images

विश्वकप छनोट: लाओसविरुद्ध खेल्ने नेपाली टोली घोषणा

एक्सप्रेस पाना
आश्विन २४, २०८० बुधबार
  • 277
    SHARES
  • विश्वकप छनोट: लाओसविरुद्ध खेल्ने नेपाली टोली घोषणा

    काठमाडौँ । नेपालले लाओसविरुद्धको विश्वकप छनोट खेलका लागि अन्तिम टोली घोषणा गरिएको छ। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले खेलका लागि आफ्नो अन्तिम टोली घोषणा बुधबार गरेका हुन्।

    images

    २०२६ को फिफा विश्वकपको छनौट अन्तर्गत एशियन क्षेत्रको पहिलो चरणमा लाओसको सामना गर्न लागेको हो। 

    नेपालले पहिलो चरणको खेलमा लाओससँग २५ गते बिहीबार साँझ ५:३० बजे खेल्नेछ। त्यस्तै दोस्रो लिग असोज ३० गते लाओसमा गएर खेल्ने छ। 

    images

    लाओस फिफा वरियतामा नेपालभन्दा पछाडी रहेको छ। लाओस अहिले फिफाको वरियतामा १८६औ स्थानमा छ भने नेपाल १७५औ स्थानमा रहेको छ ।

    यो खेलको विजेताले एशिया क्षेत्रको छनौटको दोस्रो चरणमा समुह एचमा स्थान बनाउने छ। जसमा युएइ र बहराइन रहेका छन् भने चौथो देश यमन र श्रीलंकाबीचको विजेता हुने छ। 

    नेपाली राष्ट्रिय फुटबल टिम 
    गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल 
    डिफेन्डरः सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द,अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट
    मिडफिल्डरः सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी
    फरवार्डः अन्जन विष्ट, आयुष घलान, गिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट 

  • सम्बन्धित विषय:

  • # फुटबल