मंगलबार, कार्तिक १८ गते २०८३
images
images

रास्वपाका पुर्व चितवन जिल्ला अध्यक्ष सापकोटा आजपामा प्रवेश

एक्सप्रेस पाना
आश्विन २४, २०८० बुधबार
  • 218
    SHARES
  • रास्वपाका पुर्व चितवन जिल्ला अध्यक्ष सापकोटा आजपामा प्रवेश

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रभावशाली नेता आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन्। 

    images

    चितवन जिल्लाका रास्वपाका पूर्व सभापति धर्मेन्द्र सापकोटा आज आजपामा प्रवेश गरेका हुन्।

    आजपाका अध्यक्ष प्रभु साहले उनलाई टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका छन्।

    images

    चितवन भरतपुर निवासी सापकोटा विगत १५ वर्षदेखि विभिन्न टेलीभिजनमा प्रमुख कार्यकारी भएर काम गर्दै आएका एक बौद्धिक व्यक्तित्वको रूपमा समेत परिचित रहेका छन्।

    विद्यमान पुरानो पार्टीहरू देश बर्बाद गर्न लागि परेकोले देश बचाउन आम जनता पार्टीको आवश्यकता महसुस गरेर यो पार्टीमा प्रवेश गरेको उनको प्रतिक्रिया रहेको छ।