बुधबार, भाद्र २४ गते २०८३
images

भ्वाइस र डाटामा टेलिकमको अफरै अफर

एक्सप्रेस पाना
आश्विन २४, २०८० बुधबार
  • 363
    SHARES
  • भ्वाइस र डाटामा टेलिकमको अफरै अफर

    काठमाडौँ । नेपाल टेलिकमले बुधबारदेखि लागु हुनेगरी अटम अफर उपलब्ध गराउने भएको छ। यस अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा अफरलाई अझ आकर्षक बनाएको टेलिकमले बताएको हो। 

    images

    अनलिमिटेड अन–नेट भ्वाइस प्याकेज अन्तर्गत रु. १३ मा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असिमित कुराकानी गर्न सकिने (अनलिमिटेड डे टाइम भ्वाइस) प्याकेज उपलब्ध हुनेछ। त्यसैगरी सोही अनलिमिटेड अन–नेट भ्वाइस प्याकेज अन्तर्गत रु. १३ मै बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असिमित कुराकानी गर्न सकिने गरी (अनलिमिटेड नाइट टाइम भ्वाइस) प्याकेज पनि उपलब्ध हुनेछ। 

    अल नेट भ्वाइस प्याक अन्तर्गत रु. १८ मा १ दिनभित्र सबै नेटवर्कमा २५ मिनेट कल गर्न सकिने सुविधा उपलब्ध हुनेछ। यसैगरी अल टाइम डाटा प्याक अन्तर्गत रु. ९५ मा ७ दिनसम्म जुनसुकै समयमा चलाउन सकिने २.५ जीबी डाटा उपलब्ध हुनेछ। त्यसैगरी आकर्षक सुविधा सहितको फोरजी अल टाइम डाटा अफर, युट्युब र फेसबुक चलाउन सकिने सोसल मिडिया प्याक र स्टे कनेक्टेड अल टाइम अफर समेत उपलब्ध हुनेछ। 

    images

    प्रिपेडमा पनि सजिलो अनलिमिटेड ६३६ प्याकेज : कम्पनीले पोस्टपेड मोबाइलमा उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड ६३६ प्याकेज प्रिपेड मोबाइलमा पनि उपलब्ध गराउने भएको छ। यस अनुसार रु. ६३६ मा नेपाल टेलिकमको नेटवर्कमा अनलिमिटेड भ्वाइस, १५० मिनेट अन्य नेटवर्कमा (अफ–नेट) भ्वाइस, २०० वटा सबै नेटवर्कमा एसएमएस र ९ जीबी डाटासहितको प्याकेज उपलब्ध हुनेछ । सो प्याकेज २८ दिनसम्म चलाउन सकिने छ। नेपाल टेलिकम एप डाउनलोड गर्दा १ जीबी बोनस डाटा : कम्पनीका सेवाग्राहीले ‘नेपाल टेलिकम’ एप डाउनलोड गरेर चलाउदा १ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ । सो डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने छ। 

    अटम अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*1# डायल गर्नुपर्ने छ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ। त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्। 

  • सम्बन्धित विषय:

  • # नेपाल टेलिकम