काठमाडौं । सत्तारुढ गठबन्धनमा संघीय संसदको चालु अधिवेशन भोलि शुक्रबारबाट अन्त्य गर्ने सहमति भएको छ।
बिहीबार बसेको गठबन्धनको बैठकमा शुक्रबारबाट संसद्को चालु अधिवेशन अन्त्य गर्ने सहमति जुटेको हो।
मन्त्रिपरिषद्को बैठक बसेर संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ने र सोहीअनुसार राष्ट्रपतिले पनि सदनको चालु अधिवेशन अन्त्य गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
.jpg)


