आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमाले सांसदको अवरोधबीच राष्ट्रिय सभा बैठक कार्यसूचीमा प्रवेश

एक्सप्रेस पाना
आश्विन ५, २०७८ मंगलबार
  • 284
    SHARES
  • एमाले सांसदको अवरोधबीच राष्ट्रिय सभा बैठक कार्यसूचीमा प्रवेश

    असोज ५ काठमाडौं । राष्ट्रिय सभाको मंगलबारको दोस्रो बैठक कार्यसूचीमा प्रवेश गराइएको छ । सोमबार बैठक एमाले सांसदको अवरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको थियो । 

    images

    यसपछि दोस्रो बैठकमा एमाले सांसदले चल्न नसक्ने बताए पनि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यसूचीमा प्रवेश गराएका हुन् । बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।