विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले आज बिहान उनलाई सर्मथन गर्ने सांसदहरुको सनाखत गर्दा बहुमतका लागि आवश्यक ४७ सांसद पुगेपछि कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
कार्कीलाई एमालेका ३९ सांसदले समर्थन गरेका पछि बहुमत पुगेको हो । कार्कीको बहुमत पुगेपछि मुख्यमन्त्रीमा दाबि पेश गरेका माओवादी नेता इन्द्र आङबोलाई समर्थन गर्ने सांसदहरुको सनाखत गरिएको थिएन।
दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रसाथ प्रदेश प्रमुखको कार्यालयको सभाहलमा तोकिएको समयमा उपस्थित हुन प्रदेश प्रमुखले सूचना जारी गरेका थिए।
मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखले शुक्रबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेबमोजिम माओवादी नेता इन्द्र आङ्बो र कांग्रेसका शेखर कोइराला पक्षका नेता केदार कार्कीको दाबी पेस भएको थियो।
.jpg)


