काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनबाट बद्री केसी निर्वाचित भएका छन्। निर्वाचन समितिले बद्री केसी १३७८ मत ल्याएर विजयी भएको घोषणा गरेको छ भने आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेको जानकारी दिएको छ।
तर मत परिणाम घोषणा भएसँगै लफडा पनि शुरु भएको छ। केसीसँग प्रतिस्पर्धा गरेका अन्य दुई उम्मेदवारले अनलाइन भोटिङ प्रणालीमा धाँधली भएको भन्दै निर्वाचन परिणाम अस्वीकार गर्ने बताएका छन्। उनीहरुले केसीले अनलाइन भोटिङ प्रणाली कब्जा लिएको आरोप लगाएका छन्।
महासचिवका एक उम्मेदवार डा. केशव पौडेलले काठमाडौं शुन्य मत पाएको देखाएको दाबि गरिएको छ। काठमाडौंबाट आठसय भन्दा बढीले मतदान गरेको भएपनि उम्मेदवार आफैंले आफैंलाई भोट नहाले देखिए पछि एनआरएनएको निर्वाचन विवादित बन्न पुगेको छ।
अध्यक्षका प्रतिस्पर्धी श्रेष्ठले यो निर्वाचन रद्द हुनुपर्ने माग गर्दै निर्वाचन प्रक्रियाको गम्भीर छानबिन हुनुपर्ने माग गरेका छन्। त्यसैगरी अर्का प्रत्यासी आरके शर्माले परराष्ट्र मन्त्रालयले हस्तक्षेप गर्नुपर्ने माग गरेका छन्।
अध्यक्षमा विजयी भएका डा. बद्री केसी दुई वर्षयता एनआरएनमा अध्यक्ष थिए। त्यसअघि उनी उपाध्यक्ष र महासचिव थिए।
निर्वाचन समितिका अनुसार उपाध्यक्षमा हेमराज शर्मा, रोविन शेरचन, रामशरण सिंखडा, खगेन्द्र न्यौपाने, राज रेग्मी र विनोद श्रेष्ठ निर्वाचित भएका छन्।
.jpg)


