सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको भाउ हालसम्मकै उच्च, कति पुग्यो प्रतितोला?

एक्सप्रेस पाना
कार्तिक १२, २०८० आइतबार
  • 297
    SHARES
  • सुनको भाउ हालसम्मकै उच्च, कति पुग्यो प्रतितोला?

    काठमाडौं । आइतबार नेपाली बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ।

    images

    सातको पहिलो दिन बजारमा सु्नको मुल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कायम भएको छ। यसअघि भने, गत शुक्रबार मात्रै हालसम्मकै उच्च १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, आज तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    images

    त्यसैगरी यसदिन चाँदी तोलामा १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    शनिबार मात्रै सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको हो। शनिबार बजारमा सुनको मूल्य तोला १ हजार रुपैयाँले वृद्धि भइ १ लाख १७ हजार रुपैयाँ कायम भएको हो। यसअघि भने शनिबार सुनको कारोबार बन्द हुने गरेको थियो।