सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेप्सेमा सामान्य अङ्कको सुधार

एक्सप्रेस पाना
कार्तिक १३, २०८० सोमबार
  • 230
    SHARES
  • नेप्सेमा सामान्य अङ्कको सुधार

    काठमाडौँ, १३ कात्तिक । साताको दोस्रो कारोबारको दिन आज (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। 

    images

    आज नेप्से परिसूचक तीन दशमलव ०४ अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० अङ्कमा कायम भएको छ।

    आज २८७ कम्पनीको २८ लाख २४ हजार सात कित्ता शेयर ३० हजार दुई सय ३७ पटक खरिद बिक्री हुँदा रू ६९ करोड ४२ लाख २२ हजार दुई सय १७ बराबरको कारोबार भएको छ।
         
    आज होटल तथा पर्यटन समूह शून्य दशमलव ४२, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ८० र म्युचुअल फन्ड शून्य दशमलव ४६ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। 

    images

    आज सबैभन्दा धेरै निर्जीवन बीमा समूह शून्य दशमलव ८६ र व्यापार समूह शून्य दशमलव ८१ प्रतिशतले बढेको छ। आज सबैभन्दा धेरै पञ्चकन्या माइ हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ८२ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
         
    कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको रू तीन करोड ६० लाख ७४ हजार सात सय ४० बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सिद्धार्थ बैंक लिमिटेड प्रमोटर शेयर दुई लाख कित्ता किनबेच भएको छ।