काठमाडौँ । साताको तेस्रो कारोबारको दिन आज सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो।
तोलामा ५०० रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रुपैयाँ छ। यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ४५० रुपैयाँ छ। हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ९५० रुपैयाँ थियो।
यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ। १० रुपैयाँले बढेसँगै आज चाँदीको मूल्य तोलामा १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
.jpg)


