मंगलबार, कार्तिक १८ गते २०८३
images
images

दशै, तिहार, छठ जस्ता राष्ट्रिय पर्वहरुको रौनक छैन यसको मुख्य कारण दलाल पूंजीवाद हो: प्रवक्ता सन्जिप राई

एक्सप्रेस पाना
कार्तिक १५, २०८० बुधबार
  • 1.4K
    SHARES
  • दशै, तिहार, छठ जस्ता राष्ट्रिय पर्वहरुको रौनक छैन यसको मुख्य कारण दलाल पूंजीवाद हो: प्रवक्ता सन्जिप राई

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका नेता एवं प्रवक्ता सन्जिप राईले सामाजिक संजाल फेसबुक मार्फत सरकारलाई सुझावसहित धारणा सार्वजनिक गरेका छन्।

    images

    प्रवक्ता राईले "आज हाम्रो गाउँ घर टुथलेस र युथलेस मात्र भएकोले उत्पादन केहि नभएको, जमिनहरु बाझा र उजाड भएको बताएका छन्। सहर बजारका अधिकांश सटर खाली र पसलहरु बन्द छन्।
      
    हाम्रो दशै, तिहार, छठ आदि जस्ता राष्ट्रिय पर्वहरुको केहि रौनक छैन यसको मुख्य कारण दलाल पूंजीवाद हो। यो पूंजीवादी व्यस्थालाई निर्मुल पार्न समाजवादी क्रान्ति अपरिहार्य छ। यस्का निम्ति राज्यले तत्काल युवा पलायन रोक्ने नीति अवलम्बन गर्नु पर्दछ। 

    - बेरोजगारी युवाहरूलाई सीप मुलक तालीम प्रदान गरि योग्यता अनुसारको कामको ग्यारेन्टी गर्नु पर्ने। 
    - नेपाली कृषि उत्पादनलाई राज्यले बजारको ग्यारेन्टी गरि युवाहरुलाई कृषि उधमशिल्ता सङ जोडनु पर्ने।
    - युवा उधम्मी कर्जाका लागि सफ्ट लोन प्रदान गर्नु पर्ने।
    - बिज्ञान र प्रविधि मैत्री बनाउन युवाहरूलाई व्यापकतम तालीम प्रदान गरि उत्पादनमा जोडनु पर्ने। 

    images

    आदि यी कामहरुले युवाहरूलाई डेभलपमेन्ट फोर्समा विकास गर्दै समृद्धिको यात्रामा " जुनकीरी " प्रदान गर्न सकिन्छ, समाजवादको लक्ष्यमा पुग्न सकिन्छ।"

    प्रचण्ड नेतृत्वको सरकारमा नेकपा (एकीकृत समाजवादी) पार्टी पनि दुई महत्त्वपुर्ण मन्त्रालय सहित सामेल छन्।