सोमबार, कार्तिक १७ गते २०८३
images
images

लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

एक्सप्रेस पाना
कार्तिक १५, २०८० बुधबार
  • 258
    SHARES
  • लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ । साताको चौथो दिन आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ। 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आजसँगै लगातार तेस्रो दिन घटेको जनाएको छ।

    आज छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार रुपैयाँ कायम छ। यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १४ हजार ४५० रुपैयाँ कायम छ।

    images

    हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ४५० रुपैयाँ कायम थियो।

    हिजो मंगलबार सुनको मूल्य तोलामा ५०० र सोमबार तोलामा ५०० रुपैयाँले नै मूल्य घटेको थियो। 

    यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको छ।

    यससँगै, आज चाँदीको मूल्य तोलामा १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो मंगलबार १४ सय २० रुपैयाँमा चाँदीको कारोबार भएको थियो।