सोमबार, कार्तिक १७ गते २०८३
images
images

१० अंकले घटेर सेयर बजार बन्द, कति भयो कारोबार ?

एक्सप्रेस पाना
कार्तिक १६, २०८० बिहीबार
  • 274
    SHARES
  • १० अंकले घटेर सेयर बजार बन्द, कति भयो कारोबार ?

    काठमाडौँ । सेयर बजार साताको अन्तिम कारोबार दिन थप १० अंकले घटेर बन्द भएको छ। 

    images

    नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से सूचक १०.८६ अंकले घट्दै १८ सय ४७.७० अंकमा झर्न पुगेको हो। 

    यस्तै आज सेन्सेटिभ इन्डेक्स समेत २.१९ अंकले घट्दै ३५७.७६ अंकमा झरेको नेप्सेले जनाएको छ। 

    images

    आज होटल तथा पर्यटन समूह र म्यानु एण्ड प्रो समूहको दुई वटा उपसूचक बाहेक बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन्। 

    आज म्युचुअल फन्ड समूहको उपसूचक सबैभन्दा बढी ४.६३ प्रतिशतले घट्न पुगेको छ। यस्तै, ट्रडिङ समूहको उपसूचक ३.०५ प्रतिशतले घट्दा यता हाइड्रोपावर समूहको उपसूचक १.०५ प्रतिशतले घटेको नेप्सेले जनाएको छ। 

    आज होटल तथा पर्यटन समूहको उपसूचक ४.२७ प्रतिशतले बढेको छ भने म्यानु एण्ड प्रो समूहको उपसूचक झिनो अंक (०.०७ प्रतिशतले) बढेको छ। 

    १० अंकमाथिले नेप्से घटेको यस दिन ९६ करोड ४४ लाख ७७ हजार रुपैयाँ बराबरको ३७ लाख ४९ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ।