मंगलबार, कार्तिक १८ गते २०८३
images
images

नेपालगन्जबाट रिगल पक्राउ

एक्सप्रेस पाना
कार्तिक १६, २०८० बिहीबार
  • 273
    SHARES
  • नेपालगन्जबाट रिगल पक्राउ

    काठमाडौँ । सर्वोच्च अदालतको फैसलालगत्तै योगराज ढकाल भनिने रिगल पक्राउ परेका छन्। 

    images

    उनी नेपालगन्जबाट पक्राउ परेका हुन्। 

    न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै निजलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको थियो। 

    images

    संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सरकारको उक्त सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए।

    सर्वोच्चको फैसलापछि अब उनी ११ वर्ष ११ महिना ५ दिन जेलमा बस्नुपर्ने भएको छ।